२०८३ बैशाख १८ गते , शुक्रबार

सवारी दुर्घटनाबाट बृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ६ गते , मंगलबार
सवारी दुर्घटनाबाट बृद्धको मृत्यु

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृत्यु भएको छ । सोमबार बिहान साढे ७ बजे प्रदेश १-०२-००३ त ८२० नम्वरको ट्रयाक्टरको ठक्करबाट  पैदल यात्री लेटाङ-५ का ८१ बर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।
ट्रयाक्टरको ठक्करबाट घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार