२०८३ बैशाख १८ गते , शुक्रबार
ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु
बिर्तामोड । झापाको दमक नगरपालिका-४ जनचेतना टोलमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि स्थानीय १८ बर्षीय सुजन बिकको मृत्यु भएको हो ।
आइतबार दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने बिक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईते भएका बिकलाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सवा १ बजे बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकले सवारी धनी मोरङ उर्लाबारी-५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका-४ का दिपेन पुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।