२०८३ बैशाख १८ गते , शुक्रबार

पल शाह प्रकरण : नाबालिकाले बयान फेरिन्

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ४ गते , आईतबार
पल शाह प्रकरण : नाबालिकाले बयान फेरिन्

काठमाडौं अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन्

अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन्

प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए उनले त्यतिबेला वयानमा भनेकी थिइन् तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो

बयान फेर्नेलाई बर्ष कैद सजाय हुने कानुनी व्यवस्था

 

सम्बन्धित समाचार