२०८३ बैशाख १८ गते , शुक्रबार

मानव हड्डीसहित पक्राउ परेका बिपी प्रतिष्ठानका विद्यार्थी रिहा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २ गते , शुक्रबार
मानव हड्डीसहित पक्राउ परेका बिपी प्रतिष्ठानका विद्यार्थी रिहा

धरान  मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत बिपी प्रतिष्ठान धरानका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन्

मानव खप्पर ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका-१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधवार रिहा गरिएको हो।

पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला कुर्कुच्चाको हड्डी बरामद गरेको थियो। सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी भएको उनले अध्ययन प्रयोजनका लागि ती सामग्री बोकेर हिँडेको भन्दै रिहाइका लागि अनुरोध गरेको थियो।

 

सम्बन्धित समाचार