२०८३ बैशाख १८ गते , शुक्रबार
छोराहरु बिच झडप हुँदा बुवाको मृत्यु
मोरङ । जिल्लाको बेलबारी नगरपालिका ७ बाहुनीमा अंश विवाद भएपछि दुई दाजुभाइबीच भएको झडपमा परी बुबाको मृत्यु भएको छ । अंशको निहुँमा दाजुभाइबीच झगडा हुँदा ६० वर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो ।
जयबहादुरका दुई छोरा बासुदेव कार्की र तीर्थ कार्कीबीच विवाद हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घटना के कसरी भयो भन्नेबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको कोइरालाले जनाए ।
दुई भाइको विवादमा झडप हुँदा घाइते भएका जयबहादुरको न्यूरो अस्पतालमा मृत्यु भएको उनले बताए । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।