२०८३ बैशाख १८ गते , शुक्रबार

राष्ट्रपति, प्रधानमन्त्रीसहित शिर्ष नेताहरुद्वारा नयाँ बर्षको शुभकामना

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १ गते , विहीबार
राष्ट्रपति, प्रधानमन्त्रीसहित शिर्ष नेताहरुद्वारा नयाँ बर्षको शुभकामना

बिर्तामोड राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताइन्

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालपनि नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्

गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि सुशासनका निम्ति जुट्न  प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरेका हुन्  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि नयाँ वर्षको सबैमा शुभकामना  व्यक्त गरेका छन् नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने उनले कामना गरे

नयाँ वर्ष वि सं २०७९ सालको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेको स्मरण गराएका छन्

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका सफलताको शुभकामना व्यक्त गरेका छन्

ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन सरकारमाथि आक्रोश पोखेका छन् नयाँ वर्षको अवसरमा जनविरोधी राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे

सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको शुभकामना सन्देशमा भने    

विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति नेतृत्वको परीक्षाको वर्ष बन्ने  विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताए

सम्बन्धित समाचार