२०८३ बैशाख १८ गते , शुक्रबार

झापाली समाज साउदी अरबद्वारा दुर्घटनाका घाइतेलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३० गते , बुधबार
झापाली समाज साउदी अरबद्वारा दुर्घटनाका घाइतेलाई सहयोग

बिर्तामोड । झापाली समाज साउदी अरबले सवारी दुर्घटनाका एक जना घाइतेलाई सहयोग गरेको छ । समाजले बुद्धशान्ती-२ झापाका विष्णुप्रसाद दाहाललाई २८ हजार १८६ रुपैयाँ नगद सहयोग गरेको हो ।
केहिदिन अघि बिर्तामोडबाट घर जाने क्रममा मोटरसाइकलमा सवार दाहाल ट्रकको ठक्करबाट घाइते भएका थिए । घाइते दाहालको परिवारलाई समाजका पूर्व अध्यक्ष मदन ओडारीले सहयोग रकम हस्तान्तरण गरेका थिए । घाईते भएका दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको समाजका सदस्य सुजन घिमिरेले बताए ।
साउदी अरबमा सक्रिय झापाली समाज साउदी अरबले  नेपालमा समाजिक तथा आर्थिक सहयोग गर्दै आएको पूर्व अध्यक्ष ओडारीले बताए । 

सम्बन्धित समाचार