२०८३ बैशाख १८ गते , शुक्रबार

बीस लाखको अवैध विस्कुट बरामद

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३० गते , बुधबार
बीस लाखको अवैध विस्कुट बरामद

काँकरभिट्टा झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवैध विस्कुटसहित भारतीय कन्टेनर नियन्त्रणमा लिएको

प्रहरीले मंगलबार मेचीनगर स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा नेपाल भित्र्याइएको विस्कुटसहित आरजे१८जीवी३७२१ नम्बरको भारतीय कन्टेनर नियन्त्रणमा लिएको हो

प्रहरीले बरामद गरेको २० लाख मुल्यको उक्त विस्कुट २५ लाख मुल्यको उक्त कन्टेनरसहित चालक छपर निमका थाना बस्ने २२ बर्षीय सिशराम गोसीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वसन्त पाठकले जानकारी दिए    

सम्बन्धित समाचार