२०८३ बैशाख १८ गते , शुक्रबार

अवैध कपडा बोकेको गाडी वाइसीएलद्वारा नियन्त्रण

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३० गते , बुधबार
अवैध कपडा बोकेको गाडी वाइसीएलद्वारा नियन्त्रण

बिर्तामोड झापाको बिर्तामोडमा भन्सार छली गरेर ल्याउँदै गरेको कपडासहित वुधबार विहान एउटा पिकअप नियन्त्रणमा लिइएको काँकरभिट्टा नाकाबाट भन्सार छली गरी कपडा लिएर आउँदै गरेको अवस्थामा को.१ज२४४० नम्बरको पिकअप वाइसीएल झापाको टोलीले नियन्त्रणमा लिएको हो

वुधबार विहान बजे बिर्तामोडको भद्रपुर रोडस्थित होण्डा सोरुम नजिकबाट गाडी नियन्त्रणमा लिइएको वाइसीएल झापाका इञ्चार्ज कुमार आचार्यले जानकारी दिए शंका लागि गाडी पछ्याउने क्रममा गाडी छाडेर चालक फरार भएको उनले बताए उक्त गाडीसँगै आएको अर्को अन्य संकेत स्पष्ट नभएको ३६०० नम्बरको पिकअप भने त्यहाँबाट भागेको वाइसीएल बिर्तामोड नगर अध्यक्ष सुदिप खवासले बताए

डब्लुबी७४पी१४५५ नम्बरको निलो सुजुकी कारसँगै आएको पिकअप नियन्त्रणमा लिइएपछि चालकसहित अन्य मानिस कार छाडेर भागेका थिए

कार नियन्त्रणमा लिइएको पिकअप इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने अवैध सामान लुकाइएको भनिएको गोदाममा प्रहरी वाइसीएलका कार्यकर्ताहरुले निगरानी गरिरहेको वाइसीएल झापा जिल्ला सदस्य प्रकाश खतिवडाले बताए पक्राउ परेको पिकअपसहित चारवटा पिकअप अवैधसामान लिएर काँकरभिट्टाबाट बिर्तामोडतर्फ आएको बुझिएको पक्राउ परेको गाडीमा करिब २० लाख मुल्यको सामान रहेको अनुमान गरिएको

 

सम्बन्धित समाचार