२०८३ बैशाख १८ गते , शुक्रबार

करेण्ट लागेर एक पुरुषको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २८ गते , सोमबार
करेण्ट लागेर एक पुरुषको मृत्यु

उदयपुर । खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका७ मा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका४ का २६ बर्षीय प्रताप खड्का रहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका साढे ४ बजे उदयपुरबाट  खोटाङको दिलैची मात्तिमबिर्तातर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढेर यात्रुको सामान झार्ने क्रममा अचानक विद्युतको नाङ्गो तार छोएर सोहि बसका धनी तथा कण्डक्टर खड्का सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खड्कालाई तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसका चालक उदयपुर त्रियुगा नगरपालिका१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार