२०८३ बैशाख १८ गते , शुक्रबार
पत्रकार उमाकान्त खनाललाई मातृशाेक
अर्जुनधारा । वीवीसी नेपाली सेवा र देशसञ्चार अनलाइनका संवाददाता तथा सूर्याेदय टेलिभिजनकाे प्रधान सम्पादक उमाकान्त खनाललाई मातृ शाेक परेकाे छ । खनालकि आमा सरस्वतीकाे ६५ वर्षकाे उमेरमा आज बिहान ६:३० बजे निधन भएको हो ।
लामाे समयदेखि मधुमेह, थाइराइड, मुटु र मृगाैला राेगबाट पीडित सरस्वतीको बुद्धशान्ति-२ स्थित आफ्नै निवासमा निधन भएकाे पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारिक श्रोतका अनुसार खनालको पार्थिव शरीर आजै दिउँसो १२ बजे कन्काई माईमा अन्त्येष्टि गरिने छ ।