२०८३ बैशाख १८ गते , शुक्रबार
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोड-२ रामचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा परी स्थानीय २९ बर्षीय संयम बजगाईको मृत्यु भएको हो ।
आइतबार राति ८:१५ बजे पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बजगाई घाइते भएको र उपचारको क्रममा राति ९ बजे बिएण्डसी अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।मोटरसाइकल, ट्रक र चालक चौतारा नगरपालिका ९ सिन्धुपाल्चोक बस्ने ४६ बर्षीय महेन्द्र पुरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।