२०८३ बैशाख १८ गते , शुक्रबार

समाजसेवी श्याम प्रसाईँद्वारा मन्दिरलाई साउण्ड सिस्टम प्रदान

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
समाजसेवी श्याम प्रसाईँद्वारा मन्दिरलाई साउण्ड सिस्टम प्रदान

बिर्तामोड । झापाको बिर्तामोड–९ मा रहेको देवी पांचायनकाली मन्दिरलाई बिर्तामोड–३ निवासी युवा व्यवसायी तथा समाजसेवी श्याम प्रसाईँले साउण्ड सिस्टम प्रदान गरेका छन् । रामनवमीको अवसरमा आइतबार मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बिच प्रसाईँले २५ हजार ९९९ मुल्यको साउण्ड सिस्टम प्रदान गरेका हुन् ।

प्रसाईँले ४ बर्ष अघि दिवंगत भएका आफ्ना बुवा विष्णुप्रसाद प्रसाईँको स्मृतिमा उक्त सामाग्री प्रदान गरेको बताए । सोहि कार्यक्रममा हल्दिबारी निवासी मदन थपलियाले मन्दिरका लागि प्रदान गरेको १५ किलोको घण्टी र त्रिशुलको प्रसाईँले  अनावरणसमेत गरेका थिए ।

प्रसाईँ ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य, मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा कृष्ण रोडवेजका प्रोपाइटर हुन् । उनले सामाजिक तथा साँस्कतिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । प्रसाईँले भर्खरै  बिर्तामोडमा सम्पन्न झापा गोल्डकपमा दैनिक म्याचको उत्कृष्ट खेलाडीलाई पुरस्कार उपलब्ध गराएका थिए ।

यता मन्दिरका संरक्षक काजी बुढाथोकीले प्रसाईँले मन्दिरलाई गरेको सहयोगको प्रशंसा गरे । मन्दिर कालीमाता मठमन्दिर व्यवस्थापन समितिद्वारा सञ्चालित हुँदै आएको जानकारी दिँदै  बुढाथोकीले१ बर्षमा १० लाख रुपैँया अक्षयकोषमा रकम जम्मा भइसकेको बताए ।

सम्बन्धित समाचार