२०८३ बैशाख १८ गते , शुक्रबार

किसानलाई कृषि सामग्री वितरण

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
किसानलाई कृषि सामग्री वितरण

बिर्तामोड   बिर्तामोड नगरपालिकाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको पालिकाले किसानहरुलाई घाँस काट्ने च्यापकटर मकै छोडाउने मेशिन वितरण गरेको हो

नगरपालिकाको कृषि विकास शाखा पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको लागत साझेदारीमा ६० थान च्यापकटर २५ थान मकै छोडाउने मेशिन वितरण गरेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्तरुपमा उक्त सामाग्री वितरण गरेका थिए

मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समुह च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरिएको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् आर्थिक वर्ष २०७८÷०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामाग्री वितरण गरिएको जनाइएको मेशिन वितरण कार्यक्रममा विर्तामोड की वडाध्यक्ष पवित्रा पाठक, सहारा नेपाल साकोसका शंकर रिजाल, नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो

बिर्तामोड नगरपालिकाले यस अघिका वर्षहरु देखिनै कृषकहरुलाई पावर टेलर, मकै छोडाउने मेशिन, धान काट्ने मेशिन, चिया टिप्ने मेशिन, मिनि टेलर, ग्रिनेट स्प्रे टयाङ्की लगायतका विभिन्न औजार तथा उपकरण वितरण गर्दै आएको

सम्बन्धित समाचार