२०८३ बैशाख १८ गते , शुक्रबार
बेकरी उद्योग व्यवसायी संघ झापाको नेतृत्व चयन
बिर्तामोड । बेकरी उद्योग व्यवसायी संघ झापाको नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न प्रथम साधारण सभाबाट नरबहादुर गिरीको नेतृत्वमा नयाँ समिति चयन भएको हो । गिरी भद्रपुरस्थित सिर्जना बेकरी तथा आइसक्रिम उद्योगका सञ्चालक हुन ।

झापाको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा कञ्चन बेकरी बिर्तामोडका सञ्चालक दिनेश अधिकारी, सचिवमा पञ्चामृत बेकरी धाइजनका सञ्चालक सुमन चिमरिया र कोषाध्यक्षमा गणपति बेकरी बिर्तामोडका राजु ढकाल चयन भएका छन् । सदस्यहरुमा सन्देश पौड्याल, नागरिकलाल माझी, सुष्मा राजवंशी, रमेश राजवंशी, नेत्र सोनी, मणि गौतम र विकास स्वर्णकार रहेको कञ्चन बेकरीका सञ्चालक भिमा शिवाकोटीले जानकारी दिइन् ।
झापाका ४७ वटा उद्योग व्यवसायी संघमा आवद्ध रहेको बताइएको छ ।