२०८३ बैशाख १८ गते , शुक्रबार

करेण्ट लागेर टिफर चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २३ गते , बुधबार
करेण्ट लागेर टिफर चालकको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोकमा करेण्ट  लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी-५ का ४८ बर्षीय बिक्रम तामाङ रहेका छन ।
बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको  बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेण्ट प्रवाह भई टिफर चालक तामाङ घाईते भएको थिए । घाइते तामाङलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका  सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार