२०८३ बैशाख १८ गते , शुक्रबार

एमाले अध्यक्ष ओलीले लखन थापाबारे दिएको अभिव्यक्ति फिर्ता लिन माग

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २२ गते , मंगलबार
एमाले अध्यक्ष ओलीले लखन थापाबारे दिएको अभिव्यक्ति फिर्ता लिन माग

बुटवल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदको बिषयमा दिएको अभिव्यक्ति विवादास्पद बनेको नेपाल मगर संघ रुपन्देहीले ओलीले नेपालको प्रथम शहीद लखन थापाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको

ओलीले गत चैत १८ गते एक कार्यक्रममा शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति संघले आपत्ति जनाएको हो

संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा आम मगर समुदायमाथि अपमान भएको जनाएको ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए

पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिए

सम्बन्धित समाचार