२०८३ बैशाख १८ गते , शुक्रबार

मर्मत गर्दागर्दै बसका सहचालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २१ गते , सोमबार
मर्मत गर्दागर्दै बसका सहचालकको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्क नजिकै रहेको गौरी ग्यारेजमा एक जनाको मृत्यु भएको छ । सोमबार ४ बजे बिर्तामोड-३ का २२ बर्षीय अनुस भुसालको मृत्यु भएको हो ।
भुसालले ग्यारेजमा सुतेर मे १ ख २१५७ नम्बरको बस मर्मत गरिरहेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । भुसाल सोही बसका सहचालक भएको बताइएको छ । शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार