२०८३ बैशाख १८ गते , शुक्रबार

फर्जी चालक बनेर आउने प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १९ गते , शनिबार
फर्जी चालक बनेर आउने प्रहरी नियन्त्रणमा

बिर्तामोड । शनिबार बिहान अर्जुनधारा-६ मा पैदल यात्री किच्ने बोलेरोको फर्जी चालक बनेर आउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइ नगरपालिका-३ इलामका ३० बर्षीय अर्जुन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुर्घटनाको समयमा सवारी चलाउने माई-३ इलामका अन्दाजी २२ बर्षीय दिनेश गहतराज फरार भएपछि  नेपाली दुर्घटनाको समयमा आफुले गाडी चलाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित भएका थिए । प्रहरीलाई शंकालागि अनुसन्धान गर्ने क्रममा सो समयमा नेपालीले गाडी चलाएको नपाइएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए । नेपालीलाई सवारी ज्यान कसुरमा मुद्दा चलाइने र फरार रहेका गहतराजको खोजी भैरहेको प्रहरीले जनाएको छ । गहतराज सहचालक भएको र उनको सवारी चालक अनुमती पत्र नभएको बुझिएको छ ।
शनिबार बिहान ५:३० बजे  अर्जुनधारा-६ पुष्पलाल चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१-०१-००१-च ९१०७ नम्बरको बोलेरोले ठक्कर दिँदा स्थानीय ५३ बर्षीय कृष्ण निरौलाको मृत्यु भएको थियो । निरौला गरामनीस्थित दुर्गा माविका शिक्षक हुन भने घाइते बिर्तामोड-५ का अर्जुन उप्रेतीको बिएण्डसी हस्पिटलमा उपचार भैरहेको छ ।

सम्बन्धित समाचार