२०८३ बैशाख १८ गते , शुक्रबार

अर्जुनधारामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १९ गते , शनिबार
अर्जुनधारामा बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड । झापाको अर्जुनधारा-६ पुष्पलाल चोकमा बोलेरोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । शनिबार बिहान ५:३० बजे भएको दुर्घटनामा परि अर्जुनधारा-६ का ५३ बर्षीय कृष्ण निरौलाको मृत्यु भएको र बिर्तामोड-५ का ४५ बर्षीय अर्जुन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१-०१-००१-च ९१०७ नम्बरको बोलेरोले ठक्कर दिँदा निरौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि सख्त घाइते उप्रेतीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भैरहेको बताइएको छ ।
दुर्घटनापश्चात् चालक फरार रहेको र बोलेरो इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार