२०८३ बैशाख १८ गते , शुक्रबार

जन्मोत्सवको खर्चले वृद्धाश्रमका वृद्धवृद्धालाई खाना

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १७ गते , विहीबार
जन्मोत्सवको खर्चले वृद्धाश्रमका वृद्धवृद्धालाई खाना

बिर्तामोड जन्मोत्सवमा हुने फजुल खर्च कटौती गरी बिर्तामोड निवासी शिखा भट्टराईले आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाएकी छन् भट्टराईले बिर्तामोड मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा विहिबार आफ्नो जन्मोत्सव मनाएकी हुन्

सुनसरीको इटहरीमा ब्यवसायीक काममा सक्रिय शिखाले जन्मोत्सवमा फजुल खर्च गर्नुभन्दा सामाजिक तथा परोपकारी काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई बिहानको खाना खुवाएर जन्मोत्सव मनाएको बताइन्

मानिसहरुमा जन्मोत्सवमा फजुल खर्च गरेर ठूला होटलहरुमा पार्टी मनाउने प्रचलन बढी रहेका बेला उनले वृद्धाश्रममा रहेका आमाबुबालाई खाना खुवाएर जन्मोत्सव मनाएको बताइन् मानिसले आफुले आर्जन गरेको केही प्रतिशत रकम सामाजिक काममा खर्च गर्नु पर्छ भन्ने हेतुले जन्मोत्सव वृद्धाश्रममा मनाएको उनको भनाई

परोपकारी काममा संधै अग्रसर रहन आग्रह गर्दै उनीहरुले वृद्ध आमाबुबालाई सम्झिएकोमा खुशी ब्यक्त गरे परिर्वतन आफैंबाट सम्भव रहेको भन्दै हरेक वर्ष जन्मोत्सवमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै जन्मोत्सव मनाउँदैं आएका श्रीमान सागर रिजालको कार्यबाट प्रभावित भएर आफुले पनि जन्मोत्सवमा केही परोपकारी कार्य गर्ने प्रेरणा मिलेको शिखाले बताइन्

सम्बन्धित समाचार