२०८३ बैशाख १८ गते , शुक्रबार

लैङ्गिक र समावेशी उम्मेद्वार चयन गर्न दलहरुलाई आयोगको निर्देशन

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १७ गते , विहीबार
लैङ्गिक र समावेशी उम्मेद्वार चयन गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाण्डौ निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता प्रतिनिधित्व गराउने सम्बन्धमा आयोगले निर्देशन जारी गरेको हो

निर्वाचन आयोगले राजनीतिक दलहरूले गठबन्धन गर्ने निर्णय गरेपछि स्थानीय तहमा कम महिला निर्वाचित हुने आशंका व्यक्त गर्दै दलहरुलाई  लैङ्गिक मैत्री समावेशी उम्मेद्वार चयन गर्न आयोगले निर्देशन दिएको

स्थानीय तहमा दलहरुले उम्मेदवारी दिँदा प्रमुख उपप्रमुखमध्ये एक महिला हुनैपर्ने व्यवस्था स्थानीय तह निर्वाचन ऐनको दफा १७ को उपदफा मा रहेको छ। तर दलहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा एक पदमा मात्र उम्मेदवारी दिनेछन् यस्तो अवस्थामा महिलालाई उम्मेदवार बनाउनैपर्ने बाध्यकारी अवस्था दलहरूलाई हुनेछैन

आयोगले महिलाको सहभागिता निर्वाचनमा कम हुने आशंका व्यक्त गर्दै दलहरूलाई महिलाको सहभागिताको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको हो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा महिलाहरूको उम्मेदवारी कम हुने आशंका आयोगको

दलका दुई जना लड्ने भए एक जना महिला उम्मेदवार अनिवार्य तर गठबन्धन गरेर अघि बढ्यो दुबै दलले पुरूष नै उम्मेदवार उठायो भने महिलाहरूको संख्या घट्ने सम्भावना हुन्छ,’ ती आयुक्तले भने,अरू दलले जित्यो भने महिलाहरू आउला तर गठबन्धनले जित्यो भने घट्न सक्छ। त्यसैले आयोगले दलहरूलाई अनुरोध गरेको हो

दलहरूलाई समावेशी ढंगले उम्मेदवारी दिन आयोगले आग्रह गर्न लागेको हो

२०७४ सालको स्थानीय तहको निर्वाचननबाट ३५ हजार २२१ जना निर्वाचित भएकोमा १४ हजार सय ५६ महिला थिए। जसमध्ये वटा नगरपालिकामा प्रमुख ११ वटा गाउँपालिकामा महिला अध्यक्ष भएका थिए त्यस्तै २७६ नगरमा महिला उपप्रमुख निर्वाचित भएका थिए भने ४२४ गाउँपालिकाको उपाध्यक्षमा महिला निर्वाचित भएका थिए

स्थानीय तहको चुनावमा ७९ राजनीतिक दलले भाग लिँदैछन्। वटा राष्ट्रिय मान्यता प्राप्त दल छन्

 

सम्बन्धित समाचार