आसन्न निर्वाचनमा महिलाका सवाल बिषयक खोजमुलक पत्रकारिता तालिम शुरु
बिर्तामोड । स्थानीय सरकारको निर्वाचन नजिकिएसँगै आसन्न निर्वाचनमा महिलाका सवाल बिषयक खोजमुलक पत्रकारिता तालिम शुरु भएको छ । नारी संचार गृह झापाको आयोजनामा झापाको बिर्तामोडमा तालिम शुरु भएको हो ।
निर्णायक भुमिकामा महिलाको अवस्था के कस्तो छ भन्ने बिषयलाई खोजी गरि स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरुमा महिलालाई पुर्याउन दबाब सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । भौगोलिक हिसाबले पहाड र तराई अनि तराईको पनि दक्षिणी भेगमा महिलाप्रति विभेद भएको बताउँदै झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले विभेद अन्त्य गर्न संविधानले नै ब्यवस्था गरेको र महिलाहरु पनि संगठित हुनु पर्ने बताए ।
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमलाई संचारकर्मी बबिता बस्नेतले सहजीकरण गरिरहेकिछिन । करिब तीन दर्जन संचारकर्मीहरुको सहभागिता रहेको र तालिम दुई दिनसम्म संचालन हुने नारी संचार गृह झापाको अध्यक्ष भिम्मा शिवाकोटीले जानकारी दिइन ।