२०८३ बैशाख १८ गते , शुक्रबार

झापाका तीन सहित ३६ डीएसपीको सरुवा, बिर्तामोडमा रुगमबहादुर कुँवर

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १५ गते , मंगलबार
झापाका तीन सहित ३६ डीएसपीको सरुवा, बिर्तामोडमा रुगमबहादुर कुँवर

बिर्तामोड प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित सरुवा गर्न नसकेको प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको कार्यालयले सोमबार झापाका तीनसहित ३६ डीएसपीहरुको सरुवा गरेको हो

झापाको बिर्तामोड, काँकडभिट्टा दमक इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको हो झापाको महत्वपूर्ण मानिएको इलाका प्रहरी कार्यालय अनामनी (बिर्तामोड)का डीएसपी सन्तोष आचार्यको जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा भएको भने केन्द्रीय अनुसन्धान व्युरो मानव श्रोत व्यवस्थापन शाखाबाट रुगमबहादुर कुँवर बिर्तामोड आउँदैछन्

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीको प्रहरी प्रधान कार्यालय अपराध अन्वेषण विद्यालय तथा विकास शाखा काठमाण्डौ सरुवा भएको भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट दिलिपकुमार गिरी आउँदैछन्

यता झापाको प्रमुख नाकाको रुपमा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहाललाई नं. प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा गरिएको उनको ठाउँमा नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ज्ञानकुमार महतो आउन लागेका छन्    

सम्बन्धित समाचार