२०८३ बैशाख १८ गते , शुक्रबार

समस्या समाधान गर्ने प्रजिअको आश्वासनपछि फाकफोकथुमको ताला खुल्यो

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १४ गते , सोमबार
समस्या समाधान गर्ने प्रजिअको आश्वासनपछि फाकफोकथुमको ताला खुल्यो

इलाम दक्षिण कोरियामा मौसमी कृषि कामदार पठाउने विषयमा असन्तुष्ट युवाले इलामको फाकफोकथुम गाउँपालिका कार्यालयमा लगाएको ताला खुलेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले गाउँपालिकाका जनप्रतिनिधिसमेतसँग बसेर छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएपछि आइतबारबाट तालाबन्दी खुलेको हो  

कामदार छनौट प्रक्रियामा पालिकासँग असन्तुष्ट युवाहरू जिल्ला प्रशासन कार्यालयमा आएका थिए प्रमुख जिल्ला अधिकारीले समस्या समाधानमा पहल गर्ने तालाबन्दी खोलिदिन आग्रह गरेपछि ताला खुलाइएको असन्तुष्ट युवक दीपक योङहाङले बताए हामीले प्रजिअको आग्रहलाई ध्यानमा राखेर स्थानीय सर्वसाधारणको सेवा पाउने कुरालाई हेरेर तत्काललाई ताला खुलाएका छौं,’ उनले सदरमुकाममा पत्रकारहरूसँग भने, ‘कामदार छनोटमा प्रक्रिया पुग्नुपर्ने हाम्रो माग हो, त्यो पूरा हुनुपर्छ ’ 

गत सोमबार युवाले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेपछि दिनदेखि गाउँपालिकाको काम ठप्प थियो हामीले प्रजिअलाई जनप्रतिनिधिले प्रक्रियै नपुर्याई कामदार छनोट गरेको उजुरी यसअघि नै गरिसकेका थियौं,’ उनले आइतबार भने, ‘अस्ति उजुरी गर्न आउँदा उहाँ (सिडिआ)सँग भेट भएन, आज भेट भएर कुराकानी भएको ’ 

सिडिओ ढुंगानाले कसैले उचित माग राख्न पाएपनि सरकारी कार्यालयमा तालाबन्दी गर्नु जायज नहुने भएकाले ताला खुलाउन भनेको बताए सम्भवतः पर्सि मंगलबार अध्यक्ष (फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ) असन्तुष्ट युवासमेत बसेर छलफल गरिने ,’ उनले भने, ‘हामीले दुवै पक्षलाई राखेर के गर्दा छनोटको प्रक्रिया पुग्छ भन्नेसम्म बाटो देखाउने हो, प्रशासनले सहजीकरण गरिदिने हो तर, कोरियामा मौसमी कामदार पठाउने विषयमा विवाद भएका पालिकाको यो कार्यक्रम नै स्थगित हुनेहल्लापनि आइरहेको सिडिओ ढुंगानाले सुनाए  

फाकफोकथुम गाउँपालिका दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन आवेदन आह्वान गरेको थियो जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको  

कामदारका रूपमा कोरिया जान चाहने सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए तिनीहरूमध्ये सय जना छानिने गाउँपालिकाले बताएको थियो तर, सय २२ हाराहारी युवालाई वैदेशिक रोजगार व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै युवा आन्दोलित बनेका हुन् उनीहरूले प्रक्रिया नै नपुर्याई पालिकाले आफूहरूलाई पाखा लगाएरआफ्ना मान्छेछानेको आरोप लगाउँदै आएका छन्

आक्रोशित युवाले अघिल्लो शुक्रबार गाउँपालिका घेराउ नाराबाजी गरेका थिए भने गत सोमबार कार्यालयमा तोडफोड गरी तालाबन्दीसमेत गरेका थिए। अध्यक्ष श्रेष्ठले भने समस्या समाधानमा पहल नगरेको असन्तुष्ट युवाको आरोप छ। उनीहरूले प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिदेखि काठमाडौंस्थित कोरियाली दूतावास यसबारे उजुरी गरेका थिए।

 

सम्बन्धित समाचार