२०८३ बैशाख १८ गते , शुक्रबार

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ३८ जना घाइते

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १२ गते , शनिबार
काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ३८ जना घाइते

झापा । शनिबार झापाको काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा भएको दुर्घटनामा परि ३८ जना घाइते भएका छन ।
काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ।
६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएकोछ।
पाँच जनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताए।
बस सडकमै पल्टिएपछि पृथ्वी राजमार्ग केहिबेर अवरुद्ध भएको थियो । 

सम्बन्धित समाचार