२०८३ बैशाख १८ गते , शुक्रबार

कार्यस्थलमा हुने हिंसा न्यूनिकरणका लागि प्रतिवाद आवश्यक

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ९ गते , बुधबार
कार्यस्थलमा हुने हिंसा न्यूनिकरणका लागि प्रतिवाद आवश्यक

बिर्तामोड कार्यस्थलमा हुने हिंसा न्यूनिकरणका लागि प्रतिवाद आवश्यक भएको बताइएको झापामा आयोजित एक कार्यक्रममा कार्यस्थलमा हुने विभिन्न खाले हिंसा न्यूनिकरणका लागि सशक्त प्रतिवाद आवश्यक भएको बताइएको हो

वुधबार झापाको बिर्तामोडमा मिडिया एड्भोकेसी ग्रुप सोलिडारिटी सेन्टरको सहयोगमा आयोजित एक कार्यक्रममा सहभागीहरुले कार्यस्थलमा सहकर्मीहरुबाट बढी हिंसा हुने बताउँदै त्यसको न्यूनिकरणका लागि पहिलो कदमको रुपमा त्यसको प्रतिवाद रहेको बताएका छन् कार्यक्रममा बोल्दै नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटीले पुरुषको तुलानामा महिलाहरु बढी हिंसाको शिकार हुने भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्न प्रतिकार गर्नुपर्ने बताइन्

कार्यक्रममा सहभागी झापाका डेढ दर्जन सञ्चारकर्मीहरुले आफूले भोगेका हिंसाका घटनाहरुलाई प्रस्तुत गरेका थिए संचारगृहहरुले समयमा तलब नदिने, पुरुषको तुलानामा महिलाहरुलाई समान प्रकृतिको काममा पनि कम पारिश्रमिक दिने, सहकर्मीहरुले प्रविधिको प्रयोग गरी व्ल्याकमेलिङ गर्ने जस्ता अनुभवहरु बताएका थिए पुरुषको तुलानामा नेतृत्व तहमा रहेका महिलाहरुलाई कम महत्व दिने गरेको सहभागी महिला सञ्चारकर्मीहरुले गुनासो पोखेका थिए

सहभागी सञ्चारकर्मीहरुले सहकर्मीबाट मात्र नभएर प्रहरी प्रशासन लगायतका व्यक्तिहरुबाट समेत हिंसा हुने गरेको बताएका छन् हिंसा एक जघन्य अपराध भएको बताउँदै उनीहरुले हिंसा गर्नेहरुलाई समाजबाट तिरस्कार गर्नुका साथै सामाजिक गतिविधीमा सामेल गराउन नहुने सुझाव पेश गरे कार्यक्रममा लिला अनमोल, रेजिना रोदन, माया मितु, इन्दु पूर्वेली, नरेन्द्र ढकाल, शिशिर चौँलागाई, मोहन काजी लगायतले आफ्ना अनुभव तथा धारणा राखेका थिए

आयोजकको तर्फबाट सावित्रा दाहाल अम्बिका भण्डारीले सहजीकरण गरेका थिए  

सम्बन्धित समाचार