२०८३ बैशाख १८ गते , शुक्रबार

यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ७ गते , सोमबार
यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले भारत मनिपुर राज्यस्थित कानखोपी इराङ २५ बस्ने २५ बर्षीय मदन बुढाथोकीलाई पक्राउ गरेको हो ।
चैत्र ५ गते बिर्तामोडको होटेल हिकोला हेरिटेज अगाडि १६ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दिनको ४ बजे पिडित बालिका आफ्नो भाइसँग हिडिरहेको अवस्थामा बुढाथोकीले बालिकाको यौनाङ्गमा हात पुर्याई अस्वभाविक यौनजन्य गतिविधि गरेको र बालिकाले प्रतिकार गर्न खोज्दा उल्टै अपशब्द बोलेका थिए ।
बुढाथोकीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो । पिडित बालिकाको दिदीको जाहेरीका आधारमा प्रहरीले बुढाथोकीलाई जिल्ला अदालत भद्रपुरबाट एक हप्ताको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार