२०८३ बैशाख १८ गते , शुक्रबार

बैंकिङ कसुरका फरार प्रतिवादी चौध महिनापछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ६ गते , आईतबार
बैंकिङ कसुरका फरार प्रतिवादी चौध महिनापछि पक्राउ

बिर्तामोड प्रहरीले बैंकिङ कसुरमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले चौध महिनादेखि फरार रहेका झापा बाह्रदशी गाउँपालिका का ४२ बर्षीय नरप्रसाद पनेरुलाई पक्राउ गरेको हो
सम्मानित उच्च अदालत पाटनको मिति २०७७ माघ २० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा पनेरुलाई दोषी ठहर गरेको थियो अदालतले पनेरुलाई दुई दिन कैद तीन लाख ८७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी वसन्त पाठकले जानकारी दिए
पक्राउ परेका पनेरुलाई चैत्र गते जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात कारागार कार्यालय चन्द्रगढी पठाइने उनले जानकारी दिए

सम्बन्धित समाचार