२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा २३१ सवारी नियन्त्रणमा
बिर्तामोड । होलीका दिन झापामा दुई सय ३१ वटा सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभर सवारी नियम उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
होलीका दिन बढी ट्राफिक नियम उल्लंघन हुने भन्दै सवारी चेकलाई कडा पारेको झापा ट्राफिकले २ सय २५ वटा दुई पांग्रे र ६ वटा तीन पांग्रे सवारी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीलाई साँझपख छाडिने बताइएको छ ।