२०८३ बैशाख १८ गते , शुक्रबार
तेह्रकुने पोखरीमा डुबेर बालकको मृत्यु
इलाम । इलामको माई नगरपालिका–१ मा रहेको तेह्रकुने सिमसार पोखरीमा डुवेर वालकको मृत्यु भएको छ । पोखरीमा डुब्दा स्थानीय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राईको मृत्यु भएको हो ।
विहिबार दिउँसो साढे ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबेर बेपत्ता भएका थिए । प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले राईलाई पानीमा डुबेर मृत अवस्थामा फेला पारेको हो । घटनाको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको जनाएको छ ।