२०८३ बैशाख १८ गते , शुक्रबार
मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ
बिर्तामोड । मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी चार बर्षपछि पक्राउ परेका छन् । कमल गाउँपालिका ४ कि ४४ बर्षीया सिता केरुङ सम्बाहाम्फे, ४० बर्षीय इन्द्र सम्बाहाम्फे र ४३ बर्षीय हंशराज केरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले उनीहरुलाई २०७४ असार २८ गते मानव बेचविखन तथा ओसारपसार मुद्दामा दोषि ठहर गरेको थियो । फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरी २०७८ चैत्र २ गते जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको र पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जनही ७ बर्ष ६ महिना कैद, एक लाख रुपैँया जरीवाना र ५० हजार रुपैँयाका दरले क्षतिपूर्ति भराउनु पर्ने फैसला भएको प्रहरीले जनाएको छ ।