२०८३ बैशाख १८ गते , शुक्रबार
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिकामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । सोमबार साँझ ७:३५ बजे कमल्गाउँपालिका ५ सितापुरीमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट पैदलयात्री इलाम सुर्योदय नगरपालिका वडा नम्बर १ सिर्जना टोल बस्ने अम्बर राईको छोरा वर्ष ३९ को कमल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट सख्त घाइते भएका राईको उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बस,बस चालक जिल्ला रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ बर्षीय पुर्णबहादुर पौडेल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।