२०८३ बैशाख १८ गते , शुक्रबार

आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १ गते , मंगलबार
आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन अनलाइन प्रणाली अनिश्चितकालका लागि बन्द भएको सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको 

हालसम्मका आवेदनको कारबाही यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए

अहिले विभाग   विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) लाइसेन्स छपाइ वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए   महिना बन्द गरेर गत कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए

लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् नियमित शैलीमा परीक्षा लिइरहेका छन् 

चैत २०७६पछि झण्डै २०७७ पुससम्म अनुमतिपत्र बन्द गरेर खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो त्यतिबेला अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समय (विहान बजेपछि) मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो निश्चित समय मात्रै दिँदा अनलाइन सिस्टममा एकैपटक धेरै व्यक्ति आउँदा सिस्टम डाउन भएर धेरै सेवाग्राहीले फारम भर्न सकेका थिएनन्

२०७६ चैतदेखि कोभिड१९ का कारण सरकारले  पहिलोपटक नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो कोभिड१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो कार्यालयले चालक अनुमतिपत्र वितरण नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो

त्यसैकारण सरकारलेकार्यालय भिजिट मितिदिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गर्यो त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो त्यही अवस्थामा फेरि वैशाख १६ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो

 

 

सम्बन्धित समाचार