२०८३ बैशाख १८ गते , शुक्रबार

इलामसहित सात नगरपालिका उत्कृष्ट घोषित

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २९ गते , आईतबार
इलामसहित सात नगरपालिका उत्कृष्ट घोषित

काठमाण्डौ । नेपाल नगरपालिका संघले सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार सात उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो । एक समारोहबीच आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले ती नगरपालिकाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । 
संघले सुशासन र सेवाप्रवाह, आर्थिक विकास, सहरी योजना र पूर्वाधार विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो ।
वन, वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका, संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । त्यस्तै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।
यस्तै, सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका उत्कृष्ट घोषित भएको छ । नगरपालिका संघ देशभरिका नगरपालिकाका मेयर र उपमेयर सम्मिलित छाता संस्था हो ।

सम्बन्धित समाचार