२०८३ बैशाख १८ गते , शुक्रबार
समाजसेवी भट्टराईद्वारा झुल वितरण
बिर्तामोड । झापा बिर्तामोडका एक समाजसेवीले सन्थाल परिवारलाई झुल वितरण गरेका छन् । बिर्तामोड-७ का ८६ बर्षिय डिल्लीराम भट्टराईले स्थानीय सन्थाल परिवारलाई झुल वितरण गरेका हुन् ।
भट्टराईले आफ्नो वृद्धभत्ताको रकमले ६० परिएआर सन्थाललाई झुल वितरण गरेका हुन । गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट सन्थाल समुदायका मानिस बिरामी परेपछि वृद्धभत्ताको रकमबाट समाजसेवी भट्टराईले झुल वितरण गरेको उनका छोरा नविन भट्टराईले बताए ।
राप्रपा झापाका प्रवक्ता सन्तोस पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, नविन भट्टराई, मेघराज पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सरोज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा अतिथी तथा सहभागीहरुलाई डिल्लीराम भट्टराईले स्वागत गरेका थिए ।