२०८३ बैशाख १८ गते , शुक्रबार

अलैँची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई सर्वसम्मत

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २८ गते , शनिबार
अलैँची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई सर्वसम्मत

बिर्तामोड नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई चयन भएका छन् महासंघको चौथो अधिवेशनबाट भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्

शनिवार बिर्तामोडमा भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षत्रयमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली खरेल, महासचिवमा नारायण प्रसाद चिमरिया, सचिवमा मोहन कुमार मित्तल, सुष्मा भण्डारी पौडेल कोषाध्यषमा सुजित वंशल सर्वसम्मत भएका छन्

चौथो केन्द्रीय अधिवेशनबाट महिला सदस्यमा यशोदा प्रसाई , राधादेवि बोहरा, माया गुरुङ, कुशुम दाहाल खुल्ला सदस्यहरुमा गणेश पौडेल, विरोध सुवेदी , राजकुमार घिमिरे, जयगोपाल शाह, संजिव घिमिरे, मोहनकुमार उप्रेती, अमृत बहादुर सुवेदी, रामकृष्ण अधिकारी, शत्रुधन चौधरी, रामकृष्ण विष्ट, बालमणि बराल, छेडेन वाङ् जो शेर्पा, इन्द्र बहादुर तामाङ, प्रकाश नेपाल, होम निरौला, जीत बहादुर बस्नेत, प्रज्वल विमली, टंक कडेंल, प्रेम कुमार राई, किशोर कार्की, निमिषा घिमिरे मुकेश अग्रवाल रहेका छन्

कार्यक्रममा दुई पत्रकारसहित जनालाई सम्मान तथा पुरस्कृत गरिएको

महासंघले केन्द्रीय महाधिवेशनको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो पत्रकार रोहित काफ्ले सन्तोष न्यौपानेलाई जनही नगद १० हजार सयसहित सम्मान पत्र प्रदान गरिएको उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष अर्जुन श्रेष्ठ, अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की लगायतले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका छन्

त्यस्तै, व्यवसायी ओमकृष्ण बिमलीलाई स्व. देवीप्रसाद भट्टराई उत्कृष्ठ निर्यातकर्ता सम्मानबाट सम्मान गरिएको भने अलैंची कृसान रामप्रसाद हुमागाईंलाई स्व. विजय खाकी उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको

यस्तै, कार्यक्रममा महासंघका कर्मचारी अनिल ढुंगानालाई उत्कृष्ठ कर्मचारीका रुपमा नगद १० हजार पाँच सय अर्का कर्मचारी विजय पाण्डेलाई हजार ५०० रुपैयाँसहित पुरस्कृत गरियो उत्कृष्ठ शाखाका रुपमा कास्की शाखालाई सम्मान गरिएको शाखा अध्यक्ष सुरेन्द्र क्षेत्रीले सम्मानपत्र ग्रहण गरेका थिए

कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. का अध्यक्ष टिकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए  

सम्बन्धित समाचार