२०८३ बैशाख १८ गते , शुक्रबार
लाखौँको अवैध औषधी बरामद
बिर्तामोड । झापाको बुधबारेबाट प्रहरीले लाखौं मूल्यको अवैध औषधी बरामद गरेको छ । फागुन २७ गते इलाका प्रहरी कार्यालय बुधबारेले ट्रामाडोल, इट्राकोनाजोल लगायतका ६९ लाख ७७ हजार ९४४ मूल्य बराबरको अवैध औषधी बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बुधबारेले २७ गते साँझ ६:१५ बजे इलामबाट झापा आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा छुर्पी र घ्यूले छोपेर ल्याउँदै गरेको अवस्थामा उक्त औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले औषधीसँगै गाडी र सूर्योदय नगरपालिका ३ इलाम बस्ने ३० बर्षीय सइन्द्र राईलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि औषधी ब्यवस्था विभाग शाखा कार्यालय बिराटनगर पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।