२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २६ गते , विहीबार
झापामा मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

बिर्तामोड ।  झापाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गरेको आरोपमा भद्रपुर ७ का २१ बर्षीय प्रकाश सहनीसहित ६ जना पक्राउ परेका छन । प्रहरीले सहनीसँगै मोटरसाईकल चोरी गर्ने चार जना र बिक्री गर्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
प्रहरीले चोरीमा संलग्न भद्रपुर ७ का २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराउ, २२ बर्षीय दिपेश राजवंशीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुसँगै चोरिएको मोटरसाइकल बिक्रीमा संलग्न भद्रपुर १ का ३० बर्षीय बिर्ख लिम्बू र भारत किसनगंज घर भै भद्रपुर ६ मा समीप ग्यारेज संचालन गर्ने १९ बर्षीय मोहम्मद समिपलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । समिपले चिरी गरेका मोटरसाइकलको नम्बर प्लेट तथा पार्टपुर्जा परिवर्तन गरि बिक्री गर्ने गरेका थिए । उनीहरुलाई फागुन २३ गते पक्राउ गरिएको हो ।
पछिल्लो समय झापामा मोटरसाइकल चोरीको घटना बढेसँगै प्रहरीले सूक्ष्म निगरानी गर्ने क्रममा सहनीले चोरी गर्ने गरेको गोप्य सुचनाका आधारमा सहनीलाई पिछा गर्दै जाँदा फागुन २३ गते ३:१५ बजे बिर्तामोडको एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको २०० सीसीको लु.८३ प. ३५५४ पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहनी पक्राउ परे लगत्तै उक्त गिरोहमा संलग्न अन्यलाई पक्राउ गरिएको हो । प्रहरीले गिरोहसँगै चोरी गरिएको ५ थान पल्सर, १ थान अपाची र १ थान स्प्लेण्डर मोटरसाइकल समेत बरामद गरेको छ ।

सम्बन्धित समाचार