२०८३ बैशाख १८ गते , शुक्रबार

संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २६ गते , विहीबार
संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो

इटहरी । संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खसेको छ ।
जिल्लाको मादी ओखरबोटेबाट इटहरीतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको बस भीरबाट खसेको हो ।
स्थानीय खगेन्द्र पौडेलका अनुसार बसमा करीब ३० जना सवार थिए । दुर्घटनामा बसको पाटपुर्जा क्षतविक्षत बनेको उनले बताए ।
यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाका अनुसार बस भीरबाट खसेको जानकारी प्राप्त भएसँगै प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
'दुर्घटना भयो भन्ने मात्रै खबर आएको छ,' उनले भने, 'प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ, केहीबेरमा थप विवरण आउँछ ।'

सम्बन्धित समाचार