२०८३ बैशाख १८ गते , शुक्रबार
सुनको मूल्य इतिहासकै उच्च, तोलाको १,०५,५००
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याँक अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो। यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। सो पश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो ।
पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ । डलरको भाउ महँगो हुँदा समेत सुनको मूल्य महँगिदै गएको छ ।
यस्तै बुधबार चाँदी भने प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ४० रुपैयाँले बढेको हो ।