२०८३ बैशाख १८ गते , शुक्रबार

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २५ गते , बुधबार
पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बिराटनगर-३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् ।
वुधबार बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडिरहेका पोखरेललाई ठक्कर दिँदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सम्बन्धित समाचार