२०८३ बैशाख १८ गते , शुक्रबार

खनाल दम्पतिद्वारा विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई सहयोग घोषणा

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २४ गते , मंगलबार
खनाल दम्पतिद्वारा विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई सहयोग घोषणा

बिर्तामोड झापा बिर्तामोड का शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् आफ्नो विवाहको ६० औं वर्षगाँठको अवसरमा खनाल दम्पत्तिले मंगलबार उक्त घोषणा गरेका हुन्

२०१७ साल फागुन २४ गते बुध भट्टराईसँग वैवाहिक सम्वन्धमा जोडिएका खनालले ३२ वर्षे निजामती सेवाबाट अवकास लिएपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए उनका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन्

खनालले विवाहउत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले  पत्रकारको दिगोे हितमा योगदान गर्न अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गर्न लागेकोे बताए

सम्बन्धित समाचार