बिर्तामोडका महिलाहरु सम्मानित
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पालिका भित्रका महिलालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ९ जना महिला श्रमिक सहित एउटा महिला समूहलाई सम्मान गरेको हो ।
नगरपालिकाले ११२औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित शुभकामना तथा महिला सम्मान कार्यक्रमका बिच विभिन्न विधागतरुपमा श्रमिक महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले वडा नम्बर १ कि वेदकुमारी कुमाल, वडा नम्बर २ को पूर्वेली महिला नौमती बाजा समूह, वडा नम्बर ३ कि प्रतिभा राजवंशी, वडा नम्बर ४ कि थिरादेवि भट्टराई अधिकारी, वडा नम्बर ५ कि मंगलमाया केरुङ्ग, वडा नम्बर ६ कि फुलमति करुवा, वडा नम्बर ७ कि गीता चौधरी, वडा नम्बर ८ कि लिला राजवंशी, वडा नम्बर ९ कि सुरजमुनि टुडु र वडा नम्बर १० कि बुद्धिमाया किस्कुलाई सम्मान गरेको हो ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षमा भएको कार्यक्रममा सम्मानित महिलाहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले मायाको चिनो सहित सम्मान पत्र प्रदान गरेका थिए ।