चुडाल बन्धु कल्याण समितिद्वारा सञ्चारकर्मी प्रसाई सम्मानित
बिर्तामोड । चुडाल बन्धु कल्याण समितिले सञ्चारकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । समितिले १४औँ बार्षिक साधारण सभाको अवसरमा सञ्चारकर्मी रञ्जित प्रसाईलगायतलाई सम्मान गरेको हो ।
शनिबार लक्ष्मीपुरमा आयोजित कार्यक्रमका बिच समितिले पत्रकार महासंघ झापाका कोषाध्यक्ष एवम आगन एफएमका स्टेशन मेनेजर रञ्जित प्रसाईलाई सम्मान गरेको छ । विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय प्रसाईलाई चुडाल बन्धुहरुद्वारा स्थापित हिमादेवी अक्षय कोषाबाट सम्मानित गरिएको समितिका अध्यक्ष गोपाल चुडालले बताए ।
समितिले जनजागृति मावि हल्दिबारीका प्रधानाध्यापक इन्दिरा चुडाल र मेदनीप्रसाद चुडालालई समेत सम्मान गरेको थियो । कार्यक्रममा भक्तमाया पुरस्कारबाट अनुश्रीया चुडाल र श्रीप्रसाद एवम् जसोदा पुरस्कारबाट सीता चुडाललाई पुरस्कृत गरिएको थियो ।
डिल्लीराम चुडाल, समितिका निवर्तमान अध्यक्ष विष्णु चुडाल, रविन्द्र चुडाल र गणेश रिजाललाई समेत सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष गोपाल चुडालको सभापतित्व र सस्थापक अध्यक्ष भद्रप्रसाद चुडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव भरतमणि चुडालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।