२०८३ बैशाख १८ गते , शुक्रबार

सञ्चारकर्मीसँग मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १९ गते , विहीबार
सञ्चारकर्मीसँग मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा अन्तरक्रिया

बिर्तामोड मनमोहन प्राविधिक विश्वविद्यालयले झापाका सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको विहिबार झापाको बिर्तामोडमा मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले अन्तरक्रिया गरेको हो कार्यक्रममा विश्वविद्यालय स्थापनाको उद्धेश्य, कार्यक्रम भावी योजनाको बारेमा जानकारी दिइएको थियो

मुलुकमै पहिलो पटक प्रदेश सरकारले स्वायत्त कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको हो प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्धेश्यले मोरङको बुढीगंगा मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका डीन डा. प्रचण्डमान प्रधानले जानकारी दिए पूर्वाधारको विकास नभई अन्य विकास नहुने भन्दै डीन प्रधानले अबको आवश्यक्ता प्राविधिक शिक्षाको भएको इञ्जिनियरिङ विषयको माग रहेको बताए युवालाई प्राविधिक शिक्षा तर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको प्रधानको भनाई

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको प्रधानले जानकारी दिए प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइएको भएपनि यो बर्ष २४ कोटामा भर्ना लिइने उनले बताए

पर्याप्त भौतिक संरचना गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको बताइएको न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका कार्यक्रम संयोजक इञ्जिनियर नरेन्द्रकुमार डाँगीले बताए

विश्वविद्यालयले प्रदेश का लागि मात्र महिला , लक्षित वर्ग दलित वर्ग गरी ओटा कोटा छुट्याएको प्रदेश सरकारको अनुदानबाट विश्वविद्यालय सञ्चालन हुने भएकाले प्रदेश कै जनतालाई लाभ पुर्याउन कोटा छुट्याइएको सिभिल इञ्जिनियरिङ विभागका कार्यक्रम संयोजक डाक्टर दिप रञ्जन डंगोलले बताए डंगोलका अनुसार २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित कोटा खुल्लाका लागि रहेको

विश्वविद्यालयले बर्षे स्नातक तह अन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि लाख ८० हजार, विदेशीका लागि लाख उनान्चास हजार आठ सय इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि लाख ७० हजार विदेशी विद्यार्थीका लागि लाख उनान्चालिस हजार आठ सय रुपैँया शुल्क तोकेको ३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको प्रति महिना आवास शुल्क सय रुपैँया तोकिएको

आगामी चैत्र गतेसम्म भर्नाका लागि आवेदन खुल्ला गरिएको विलम्ब शुल्क तिरेर थप दिन भित्रमा आवेदन दिन सकिने

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भएपनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डीन प्रधानले जानकारी दिए विश्वविद्यालयले दश बर्षे कार्य योजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर विद्यावारिधी गरी २८ वटा बिषयहरु सञ्चालन गरी हजार सय ३१ जना विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको

प्रदेश सरकारले प्रदेशसभाबाट स्वायत्त कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको कानूनी सल्लाहकार कोषराज न्यौपानेले जानकारी दिए दुई बर्षअघि नै कानून निर्माण भएको भएपनि थुप्रै नियमावली निर्देशिका बनाउनु पर्ने भएकाले सञ्चालनका लागि समय लागेको उनले बताए  

  

 

 

सम्बन्धित समाचार