२०८३ बैशाख १८ गते , शुक्रबार
भोली सार्वजनिक विदा दिने सरकारको निर्णय
बिर्तामोड । भोली फागुन १९ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गरी विदा सम्बन्धि जानकारी दिएको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको निर्णय अनुसार विदाको घोषणा गरिएको हो ।
विशेष गरी बौद्ध धर्मावलम्बी शेर्पा समुदायले एउटा पर्वको रुपमा ग्याल्पो ल्होसारलाई फागुन शुक्ल प्रतिपदाको दिन मनाउने गरेका छन् ।
