२०८३ बैशाख १८ गते , शुक्रबार

ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १८ गते , बुधबार
ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

इटहरी । सुनसरीको गढी गाउँपालिका-६ मा ट्रयाक्टरको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका-६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन ।
मङ्गगलबार राति ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसिरहेका मगरदैतालाई  ठोक्किएको थियो । ट्रयाक्टरको डालाले ठोक्किएर घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार