२०८३ बैशाख १८ गते , शुक्रबार
पशुपतिस्थित पुलको पर्खाल भत्किँदा बागमतीमा खसे श्रद्धालु
काठमाण्डौ । अत्यधिक भीडका कारण मंगलबार पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्कियो । पर्खाल भत्किएपछि पुलमा रहेका केही नदीमा खसे । त्यसमध्ये एक जना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय राजन ओली रहेका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती नदीमाथि बनेको पुलमा मानिसहरूको खचाखच भीड लागेको थियो । नदीमा खसेकाहरूको सकुशल उद्वार गरिएको पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार निकै पुरानो पुलले मानिसहरूको अत्यधिक चापलाई थेग्न नसकेर दुर्घटना भएको हो । कोरोना महामारीको प्रभाव कम भएको बेला परेको शिवरात्रिमा यस वर्ष पशुपतिमा लाखौँ मानिसको भीड लागेको थियो ।
घटनास्थल नजिकै प्रहरी रहेकाले ठूलो क्षति नभएको प्रहरीको भनाई छ ।