२०८३ बैशाख १८ गते , शुक्रबार
महाशिवरात्रिमा ज्येष्ठ नागरिक सम्मानित
बिर्तामोड । झापाको बिर्तामोडस्थित शिव पाञ्चायन मन्दिरले महाशिवरात्रिको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । बिर्तामोड ७ स्थित देवनीयाधाममा रहेको मन्दिरले आज शिवरात्रिको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ७३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
जेष्ठ सदस्य ९५ बर्षीया सरमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी दुर्गाप्रसाद उप्रेती र भिष्म न्यौपानेले जेष्ठ नागरिकका जीवन भोगाईको विषयमा चर्चा गरेका थिए ।
मन्दिर सञ्चालन समितिका सचिव नविन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा भजन किर्तनका साथै ज्येष्ठ नागरिकलाई खिर र प्रसादसमेत वितरण गरिएको थियो ।